12. juli 2020 - 9:00 inntil 19:00
Sognsvann, Oslo
Del det på:

Fifth JSS Cup Volleyball Tournament and Grill Party-2020 | sundag, 12. juli 2020

सम्पुर्ण नर्वे बासी नेपाली दिदीबहिनी, आमाबुवा तथा दाजुभाइहरुमा नमस्कार!!!!!



बिगतका बर्ष झै यस बर्ष पनि नेपाली जनसम्पर्क समिती नर्वेले "पाचौं JSS कप भलिबल प्रतियोगिता" सन्चालन गर्ने ब्यहोरा जानकारी गराउन पाउँदा हामी निकै हर्षित छौ। अब आउदो जुलाइ महिनाको १२ तारिख (आइतबार) हुने उक्त भलिबल खेलमा सहभागी हुन यहाँ हरु सबैलाइ हार्दिक निमन्त्रणा गर्न चाहन्छौ। बिगतका बर्ष हरुको यहाहरुको सहयोग, शुभेक्षा र उल्लासमय सहभागिताले नै हामी लाई थप उर्जा थपेकोले सहृदय धन्यवाद दिदै यस बर्ष पनि यहाहरुको सहभागिताको लागि बिनम्र अनुरोध गर्दछौ।



पुनश्च:

१) नर्वे सरकारले कोरोनाको नियममा केही परिवर्तन भएमा वा

२) मौसमले साथ नदिएको खण्डमा, अर्को सुचना मार्फत यहॉंहरुलाई सुचित गराइनेछ।



थप जानकारीका निम्ति हामीहरु छिट्टै अर्को सुचना मार्फत जानकारी गराउनेछौं।



धन्यबाद!